March 3, 2023
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरिएको हो ।
प्रतिनिधि र राष्ट्रियसभा सदस्यका लागि प्रयोग गर्ने प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिन्ह हुनेछ । त्यस्तै प्रदेशसभा सदस्यहरूले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिन्ह र अक्षर हुनेछ । दुवै मतपत्रमा उम्मेदवारको तस्बिर र नाम राखिएको छ ।
राष्ट्रपतिका लागि आठ दलको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) बाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
राष्ट्रपति चयनका लागि हुने यही फागुन २५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रमा मतदान हुँदैछ ।
प्रकाशित मिति:March 3, 2023