बहराइन, यूएई र कुवेतले गरे नयाँ मिसाइल र ड्रोन हमलाको ‘अलर्ट’ जारी

Nepal Cover
९ चैत्र २०८२, सोमबार
image

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स (यूएई)को रक्षा मन्त्रालयले इरानबाट प्रक्षेपित मिसाइल तथा ड्रोन आक्रमणलाई अवरोध (इंटरसेप्ट) गरेको जनाएको छ।

बीबीसीका अनुसार, खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन् ।

बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग हामीले शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेका छौं ।’

गृह मन्त्रालयले नागरिकलाई आधिकारिक माध्यममा पाइने सूचनाको पालना गर्न पनि भनेको छ ।
यस्तै संयुक्त अरब इमिरेट (यूएई) को रक्षा मन्त्रालयले केही समय अघि देशको एयर डिफेन्स सिस्टम इरानबाट आइरहेका मिसाइल र ड्रोनको खतरालाई जवाफ दिइरहेको छ ।

रक्षा मन्त्रालयले अहिले आइरहेको आवाज मिसाइल र ड्रोनहरू रोक्न खोजेका कारण आइरहेको दाबी पनि गरेको छ ।

त्यस्तै कुवेतको सेनाले पनि केही समय अघि देशको एयर डिफेन्स अहिले सत्रुको मिसाइल र ड्रोन हमलाको सामना गरिरहेको छ । सेनाका जनरल स्टाफले विष्फोटको आवाज एयर डिफेन्स सिस्टमबाट सत्रुको आक्रमण रोक्नुको कारणले आइरहेको बताएको छ ।

कुवेत सेनाले नागरिकसँग सम्बन्धित अधिकारीका तर्फबट जारी गरिएको सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ ।