काठमाडौं । नेपाली बजारमा तेल (पेट्रोल, डिजेल र मट्टीलेत) को मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेर घाटा चुलिएपछि निगमले तेलको मूल्य बढाएको हो । समायोजित मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको ९९ रूपैयाँ पुगेको छ । निगमले ग्यासको मूल्य भने बढाएको छैन…