२७ वर्षदेखि बन्द रहेको टीकापुर विमानस्थलमा नियमित उडान सुरु
टीकापुर, कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । २७ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल आइतबार सञ्चालनमा आएको हो । आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्विनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरु भएको हो। पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक…
सम्पत्ती न्यूज
३० मंसिर २०८१, आईतवार