काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तिम बैठक सकिएको छ । माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रचण्ड(नेपाल पक्षको बैठक नै सम्भवतः अन्तिम बैठक भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेपाल पक्षको आन्तरिक छलफलपछि बसेको बैठकको निर्णय अनुसार नेपाल पक्ष एमालेमा फर्किएको हो । बैठकमा सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति व्यक्त गर्यौँ । यसप्रकारको बैठक नेकपाको अन्तिम बैठक हुन…