त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ८५० ग्राम सुन बरामद गरेको छ। शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्पत्ती न्यूज
७ बैशाख २०८१, शुक्रबार