बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा सहसचिव कार्की

Nepal Cover
६ बैशाख २०८१, बिहीबार
image

काठमाडौँ । सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायम मुकायम नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त प्रदेश प्रमुख सचिवमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

सहसचिव कार्की अहिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सहसचिवको जिम्मेवारीमा छन् । केहि दिन अघि मात्रै बागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भएपछि बागमती प्रदेश सरकारको प्रमुख सचिवको पद रिक्त भएको थियो ।