एसियाड क्रिकेटमा आज नेपाल र भारतले खेल्ने
काठमाडाैं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल र भारत आज भिड्दैछन् । नेपाली समय अनुसार बिहान पौने ७ बजे दुवै टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । भारतले सिधैं अन्तिम ८ मा स्थान पाएको थियो । नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्समाथि शानदार जितसहित नकआउट चरणमा स्थान बनाएको हो ।…
सम्पत्ती न्यूज
१६ आश्विन २०८०, मंगलवार