March 21, 2021
काठमाडौं । विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यहाँ यो दिवस मनाइएको छ।कार्यक्रममा ऊ समाज डेन्टल अस्पतालले आफ्नो अस्पताल प्राङ्गणमा गरेको कार्यक्रममा वरिष्ठ पत्रकार गोबिन्दप्रसाद चौलागाईं शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र अस्पतालका प्रमुख डा सुभाष घिमिरेले सम्मान गर्नुभएको थियो ।
‘वल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १३० डेन्टल एशोसियशनले एकैसाथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष पनि ‘बि प्राउड अफ योर माउथ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा ओम समाज डेण्टल हस्पिटलले डेन्टल एशोसियशनको सहकार्यमा आज चाबहिलमा एक कार्यक्रम गरी दाँतसम्बन्धी विज्ञहरूबाट सचेतना अभिवृद्धि तथा यस क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।
सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले आम जनमानसमा मुख स्वास्थ्यबारे सचेतना फैलाउन जरुरी भएको बताए । उनले खुम स्वास्थ्यबारे हेलचेक्रयाई र लापर्बाही गर्न नहुने बताए। मन्त्री श्रेष्ठले भने, “मुख स्वास्थ्य अहिलेको सन्दर्भमा झनै महत्वपूर्ण छ र यो संवेदनशील विषय हो । हामीले खाने हरेक खाद्य पदार्थ मुखबाटै शरीरभित्र प्रवेश गर्ने भएकाले मुख स्वास्थ्यबारे सचेत रहेर नियमित परीक्षण, सहीरुपमा ब्रस गर्नेलगायत आधारभूत विषयमा विशेष ध्यान दिन जरुरी छ ।”
शिक्षामन्त्री श्रेष्ठले दाँत स्वास्थ्यबारे उपचार, निःशूल्क स्वास्थ्य शिविर, सचेतनाका साथै असाहाय र पीडित व्यक्तिको उपचार सहयोग गर्ने डा घिमिरेको उदाहरणीय कामको प्रसंशा गरे । चिकित्सक तथा सञ्चार क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरेर थप ऊर्जा प्रदान गरेको पनि उनले अस्पताललाई धन्यावाद ज्ञापन गरे ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले आगामी दिनमा चिकित्सक उत्पादन गर्दा गुणस्तरीय र आवश्यकताअनुरुप जनशक्तिको सुनिश्चितता गराउनेतर्फ आयोगले विशेष ध्यान दिने बताए । उनले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगले कुन क्षेत्रमा कति चिकित्सासम्बन्धी जनशक्ति चाहिने हो निक्र्योल गरेर उत्पादित शिक्षण संस्थासँग पनि समन्वय गर्नुपर्नेमा जोड दिए । देशका सबै भेगका जनतालाई गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन आयोग लागिपर्ने उनले बताए ।
सांसद नरोत्तम बैद्यले मुख स्वास्थ्यबारे समाजमा सचेतना अभिृद्धि गर्न र यसको सर्वसुलभ पहुँचका लागि सबै सरोकारवालो भूमिका खेल्नुपर्नेमा जोड दिए।
हस्पिटलका अध्यक्ष समेत रहनुभएका वरिष्ठ दन्त चिकित्सक डा सुवास घिमिरेले मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बताए ।
डेन्टल एशोसियशनका अध्यक्ष प्रविन्द्र अधिकारीले सरकारी स्तरमै दाँतसम्बन्धी जनशक्तिको व्यवस्थापन हुनेगरी दुर दराजमा दन्त चिकित्सा सेवा पु¥याउनुपर्नेमा जोड दिए । उनले नेपालमा चार हजारभन्दा बढी दन्त चिकित्सक रहे पनि सरकारले दरबन्दी खडा गर्न नसक्दा दन्त चिकित्सकहरूले अवसर नपाएको बताए ।
दिवसको अवसरमा वरिष्ठ पत्रकार चौलागाईं पत्रकार सहित विभिन्न सञ्चार माध्यमका पत्रकार तथा दन्त चिकित्सकलाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट सामाजिक चेतना फैलाउन तथा चिकित्सकीय सेवामार्फत पु¥याएको योगदानको कदर गर्दै ओम समाज अस्पतालले सम्मान गरेको हो ।
नेपालको दन्त चिकित्सामा पहिलो विशेषज्ञता हासिल गर्ने डा माणिकरत्न बज्राचार्य, वरिष्ठ चिकित्सक डा अनारकली पियालाई सम्मान गरिएको छ । त्यसैगरी पत्रकारहरू गोविन्द चौलागाई, याशिमा महत,सिबि अधिकारी एलिशा ढुङ्गाना र कृष्ण न्यौपानेलाई नगदसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।
बुवा आमाको नाममा निःशूल्क क्लिनिक संचालन
वरिष्ठ दन्त चिकित्सक डा सुबास घिमिरेको माता पिताको स्मृतिमा ‘इन्द्र अन्नपूर्ण’ निःशुल्क क्लिनिक सेवा शुभारम्भ गरिएको छ । चाबहिलस्थित ओम समाज अस्पताल परिसरमा स्थापना गरिएको उक्त क्लिनिकको शिक्षामन्त्री श्रेष्ठले उद्घाटन गरे । असहाय, गरिब तथा दुःखीलाई दाँतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिने अस्पतालका अध्यक्ष डा घिमिरेले बताए । कार्यक्रममा निःशुल्क डेन्टल क्याप, स्कुले बालबालिकालाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षाबारे चेतनामूलक कार्यक्रम गरिएको थियो ।
प्रकाशित मिति:March 21, 2021