काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवैधानिक बैठकका निर्णय फिर्ता लिन आग्रह गरेका छन् । बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक ‘डिनर मिटिङ’ मा उपाध्यक्ष गौतमले ओलीलाई अवैधानिक निर्णय फिर्ता नगरेसम्म सँगसँगै अघि बढ्न नसक्ने बताएका हुन् ।
प्रधामन्त्री केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा ‘डिनर मिटिङ’ भएको हो । उनले पार्टी काममा आफूसँग फर्कन अनुरोध गरे। ‘मैले गत फागुन २८ गते तपाइँले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ’ उपाध्यक्ष गौतमले भने ।ओलीले गरिसकेका निर्णय फिर्ता नहुने बताएपछि आफूले पनि त्यसो भए तपाइँसँग सँगै जान सकिन्न भनेर प्रष्ट पारेको उनको भनाइ छ ।
प्रधानमन्त्रीसँगको भेटपछि गौतमले भनेका छन् ‘उहाँले ती निर्णय फिर्ता हुँदैनन् भने। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ ।’