काठमाडौँ–काकँडभित्ता बस सेवा विस्तार

  Sampatti News

September 27, 2021

काठमाडौँ–काकँडभित्ता बस सेवा विस्तार

घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ ।

यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो ।

सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।

“अहिले काठमाडौँ–काकँडभित्ता सञ्चालन गरे पनि आगामी दिनमा पूर्वका अन्य सहरमा समेत विस्तार गर्दै लैजान्छौँ”, उनले भने उक्त बस काठमाडौँको नयाँ बसपार्कबाट छुटिने छ।

विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा बढी बसद्वारा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडौँ–काकँडभित्ता बस सेवा विस्तार

प्रकाशित मिति:September 27, 2021