भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने अध्यक्ष नेपालको घोषणा

  Sampatti News

October 7, 2021

भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने अध्यक्ष नेपालको घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको हो ।

नेकपा (एमाले) परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)मा आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय भएको छ ।

बिहीबार जोशीे एमाले केन्द्रीय सदस्यबाट राजीमा दिएर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

उनलाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले एमालेका अरु नेता कार्यक्रता पनि आफूले नेतृत्व गरेको पार्टीमा आउने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आदर्शबाट च्युत भइसकेको, राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको उनको दाबी छ ।

उनले जोशीलाई पार्टीमा स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका हुन् ।

भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने अध्यक्ष नेपालको घोषणा

प्रकाशित मिति:October 7, 2021