प्रहरी र वकिलबीच सर्वोच्च अदालतको आगनमा धक्का मुक्का

  Sampatti News

November 16, 2021

प्रहरी र वकिलबीच सर्वोच्च अदालतको आगनमा धक्का मुक्का

काठमाडौँ-प्रहरी र कानुन व्यवसायीबीच सर्वोच्च अदालतको आगनमा धक्का मुक्का भएको छ ।

सर्वोच्च अदालत परिसरभित्र मंगलबार बार एशोसिएशनको अगुवाइमा विरोध प्रदर्शनका लागि प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्ने प्रयासमा धक्का मुक्का भएको हो ।

बार एशोसिएसनले केही हप्तादेखी दैनिक सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको छ ।

सोही क्रममा मंगलबार बार एशोसिएशनबाट सर्वोच्च परिसरमा प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेको थियो ।

प्रहरीसँगको धक्का मुक्काका बीच कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसरमा प्रवेश गरेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको प्रदर्शन जारी रहने बताउँदै आएका छन् ।

बार एशोसिएसनले इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीशमाथि राजीनामाका लागि दबाब बढाएको छ भने प्रधानन्यायाधीशले बार एशोसिएशनलाई वार्ताका लागि आह्वान गरेका छन् ।

बारले प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने अडान राखेको छ ।

प्रहरी र वकिलबीच सर्वोच्च अदालतको आगनमा धक्का मुक्का

प्रकाशित मिति:November 16, 2021