७ बर्ष पछी इन्द्रसरोवर ओभर फ्लो

  Sampatti News

November 16, 2021

७ बर्ष पछी इन्द्रसरोवर ओभर फ्लो

२०७१ सालपछि पहिलो पटक कुलेखानी जलाशय (इन्द्रसरोवर) भरिएर ‘ओभर फ्लो’ भएको छ ।

विगत ७ वर्ष (२०७१ साल) पछि पहिलोपटक तालको पानीको सतह १ हजार ५ सय ३० मिटर लेभेलमाथी पुगेको हो ।

कुलेखानी जलाशय ३ सय मिटर चौडाइ, ७ किलोमिटर लम्बाइ र ८ करोड ५३ लाख घनमिटर क्षमताको रहेको छ ।

देशकै ‘पावर ब्याकअप’को रुपमा रहेको कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर ताल बिगत २० दिनदेखि भरिएर ओभरफ्लो भइरहेको छ ।

कुलखानी जलाशयमा संकललित पानीबाट ३ वटा जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेका छन् ।

सो जलाशयको पानीबाट कुलेखानी प्रथम ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छन् ।

ती आयोजना तत्काल सञ्चालन गर्न आवश्यक नभएकाले जलाशय भरिएर ‘ओभर फ्लो’ भएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार नेपाल विद्युत प्राधिकरणको मुख्य ‘ब्याकअप’का रपमा रहेको कुलेखानी जलाशयमा संकलित पानीबाट हाल विद्युत उत्पादन गर्नुपर्ने अवस्था छैन ।

कुलेखानी बर्षातको पानी जम्मा गरी मुख्य रुपमा विद्युतको अध्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो ।

विद्युतको आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।

कुलेखानी जलविद्युत आयोजना ‘पिक आवर’मा मात्र सञ्चालन हुने उनले बताए ।

मकवानपुरको थाहा नगरपालिकाको दामन,पालुङ, बज्रवाराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् ।

लक्ष्मीपुजाको दिन माग अनुसार २ घण्टा मात्र आयोजनाबाट विद्युत उत्पादन गरिएको थियो । त्यस यता कुलेखानी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिएको छैन ।

उनका अनुसार कुलेखानी जलविद्युत आयोजना आवश्यकता हेरेर दैनिक १-२ घण्टामात्र सञ्चालन हुने गरेको छ ।

७ बर्ष पछी इन्द्रसरोवर ओभर फ्लो

प्रकाशित मिति:November 16, 2021