एमाले महाधिवेशनमा विभिन्न दलका नेताको शुभकामना

Nepal Cover
१० मंसिर २०७८, शुक्रबार
image

एमाले महाधिवेशनमा विभिन्न दलका नेताको शुभकामना

नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राष्ट्रिय पार्टीका नेताले शुभकामना दिने क्रम सुरु भएको छ ।

नारायणी किनारमा निर्मित विशेष मञ्चमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि शुभकामनाको क्रम सुरु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुरलगायतले सम्बोधन गरिसक्नुभएको छ ।

सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्छ ।

केहीबेरअघि अध्यक्ष ओलीले राष्ट्रिय झण्डा, पार्टीको निर्वाचन चिह्न (सूर्य) र कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा फहराएर महाधिवेशन उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन हुनुअघि जातजातिगत सांस्कृतिक कला, धून र झाँकी प्रदर्शन गरिएको थियो । सभामा विभिन्न स्थानबाट र्‍यालीसहितको जनसहभागिता बढिरहेको छ ।

एमाले महाधिवेशनमा विभिन्न दलका नेताको शुभकामना