एमाले अनुशासन आयोग सदस्य अमर गिरी समाजवादी प्रवेश
काठमाडौं-नेकपा एमाले अनुशासन आयोगका सदस्य एवं दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि अमर गिरीले एमाले परित्याग गरेका छन्।
एमाले नजिक भई कला साहित्यमा सक्रिय गिरी एमाले दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि समेत रहेका थिए ।
एमालेकाे केन्द्रीय अनुशासन आयोगमा रहेका गिरीले एमालेको नीति र विचारमा असन्तुष्टि राख्दै पार्टी परित्याग गरेका हुन्।
गिरीले एमालेमा देखा परेको दक्षिणपन्थी, विचलनकाविरुद्ध संघर्ष गर्न र यसलाई सच्याउने सक्ने आधार समेत समाप्त भइसकेको ठहर गरेका छन् ।
एमाले अध्यक्षमा केपी शर्मा ओली नेतृत्वमा आएपछि दक्षिणपन्थी चिन्तन बढ्नुका साथै नवौं महाधिवेशनबाट पारित विचार, नीति, कार्यक्रम र कार्यदिशा विपरीत रहन गएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिको पुर्णपाठः

एमाले अनुशासन आयोग सदस्य अमर गिरी समाजवादी प्रवेश