एमालेको महाधिवेशन गुटगत भेलामा परिणत

Nepal Cover
१२ मंसिर २०७८, आईतवार
image

काठमाडौं-एमालेको महाधिवेशन गुटगत भेलामा परिणत भएको छ ।

प्रजातान्त्रिक अभ्यासको रुपमा रहेको निर्वाचनमा जान छाडेर नेताहरु सहमती र सर्वसम्मतको रटान लगाउदै गुटगत भेलामा सक्रिय भएका छन् ।

एमालेको अध्यक्षमा दावी गरिरहेका भिम रावल आफू निकट गुटका नेता कार्यकर्तासँग छलफलमा बसेका छन्।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा उनले आफू निकट नेता कार्यकर्तासँग छलफल गरिरहेको स्रोतले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओली पनि आफू निकट गुटका नेतासँग छलफलमा रहेका छन् ।

पदाधिकारीमा दावी गरिरहेकाहरुलाई नलिइकनै ओली एक्लै छलफलमा बसेकोमा सचिवका एक आकांक्षीले असन्तुष्टि जनाएका छन् ।

यस्तै आज १० बजे सुरु गर्ने भनिएको बन्दसत्र पनि दुई घन्टा पछि सारिएको समेत जनाइएको छ।

एमालेको महाधिवेशन गुटगत भेलामा परिणत