शेखर कोइरालालाई सर्मथन गर्दै युवराज न्यौपानेको उम्मेदवारी फिर्ता

  Sampatti News

December 12, 2021

शेखर कोइरालालाई सर्मथन गर्दै युवराज न्यौपानेको उम्मेदवारी फिर्ता

काठमाडौँ-नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपाने उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार मध्यान्ह साढे १२ बजे अघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपाने उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार मध्यान्ह साढे १२ बजे अघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले शेखर कोइरालाको टीमलाई सर्मथन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।

यसैबीच निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिनका लागि प्रदान गरेको समय सकिएको छ ।

समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो ।

अब सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

शेखर कोइरालालाई सर्मथन गर्दै युवराज न्यौपानेको उम्मेदवारी फिर्ता

प्रकाशित मिति:December 12, 2021