महिला हिंसा विरुद्धको सन्दर्भमा पर्दशन

  Sampatti News

December 12, 2021

महिला हिंसा विरुद्धको सन्दर्भमा पर्दशन

काठमाडौँ-१६ दिने महिला हिंसा विरुद्धको दिवसका सन्दर्भमा युवाहरुले माइतीघर मण्डलामा महिला हिंसा विरुद्ध पर्दशन गरेका छन् ।

‘घर देखी सुरु गरौ, महिला हिंसा विरुद्धको हिंसा अन्त्य गरौं’भन्ने मूल नारासहितको प्रदर्शनामा युथ एड्भोकेसी नेपालको आयोजना तथा एक्सन एड नेपाल लगायतका सामाजिक संघ संस्थाहरुको सहकार्य रहेको थियो ।

‘मानवअधिकारको सम्मान गर, महिला हिंसा अन्त्य गर, महिलाको सम्मान, देशको आत्मसम्मान’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड युवाहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै महिलाको अधिकार सुनिश्चित गर्न युवाहरुले हातेमालो गरेर अगाडी बढ्नु पर्ने’ युवा अधिकारकर्मी सुनिता बिसुखेंले बताईन् ।

त्यस्तै युथ एड्भोकेसी नेपालकी महासचिव गीता चौधरीले भनिन्, ‘दण्डहिनाताको अन्त्य गर्दै महिलाहरुको अधिकार सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यन्वयन गर्नु पर्दछ ।’

महिलाहरुको अधिकारका लागि शक्ति र स्रोतमा महिलाहरुको पुरुषसरह समान पहुँच हुनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए ।

प्रकाशित मिति:December 12, 2021