कांग्रेसमा ५५ जनाले मनोनयन फिर्ता लिए

Nepal Cover
२६ मंसिर २०७८, आईतवार
image

कांग्रेसमा ५५ जनाले मनोनयन फिर्ता लिए

काठमाडौँ-नेपाली कांग्रेसको उम्मेदवारी मनोनयन फिर्ताको समयमा एक सभापतिका उम्मेदवार सहित ५५ जनाले मनोनयन फिर्ता लिएका छन्।

१४औँ महाधिवेशन अन्तर्गत साढे १२ बजेसम्म रहेको उम्मेदवारी मनोनयन फिर्ताको समयमा केन्द्रीय सभापतिका उम्मेदवार युवराज न्यौपाने सहित ५५ जनाले मनोनयन फिर्ता लिएका हुन्।

कांग्रेसको सभापतिको उम्मेदवारमा न्यौपानेसहित शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ र विमलेन्द्र निधिले उम्मेदवारी दिएका थिए ।

न्यौपानेले फिर्ता लिएसँगै अब पाँच जनाको मात्र उम्मेदवारी कायम रहेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२:३० बजेसम्म कायम गरिएको हो।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिनेछ भने मतदान भोलि मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।

कांग्रेसमा ५५ जनाले मनोनयन फिर्ता लिए