देउवालाई प्रधानमन्त्री पदको चिन्ता

  Sampatti News

December 12, 2021

देउवालाई प्रधानमन्त्री पदको चिन्ता

काठमाडौँ-नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका उमेद्वार देउवामा प्रधानमन्त्री पदको चिन्ता देखिएको छ ।

आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जिताउन आग्रह गरेका छन ।

उनले भने, ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्, त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला।’

सभापतीका उमेद्वार देउवा अहिले निकै चिन्तामा देखिन्छन् । कृष्णप्रसाद सिटौलाको साथ पाएका देउवाले विश्वप्रकाशलाई आफ्नो समुहमा समेट्न सकेन्न् ।

त्यहीपनि कृष्णप्रसाद सिटौलासँगको गठजोडले जिल्ला तथा प्रदेशमा राम्रो परिणाम ल्याएका देउवा केही ढुक्क भने देखिन्छन् ।

विश्वप्रकाश लाई देउवाले आफ्नो टिमबाट आउट गरेसँगै विश्वप्रकाशले अहिले प्रकाशमान सिंहको गुटबाट महामन्त्रीको उम्मेदवार भएका छन् ।

सभापतीमा कांग्रेशका ५ प्रभावशाली नेताले उमेद्वारी दिएकाले देउवामा त्रास पैदा भएको देखिन्छ ।

धेरै उमेद्वार हुदा भोट बाडिने सम्भावना एकदमै ब्यापक हुन्छ जसकारण देउवाले सुरक्षित महसुस नगरेको जानकारहरुले बताएका छन् ।

देउवालाई टक्कर दिन सक्ने हिसावमा अहिले शेखर कोईराला देखिएका छन् ।

पार्टीकै स्व्चछ छबीका नयाँ अनुहारलाई आफ्नो प्यानलमा समेटेका कोईरालाले देउवालाई पर्छान सक्ने आङ्कलन जानकारहरुले गरेका छन् ।

देउवा पक्षकै बिमलेन्द्र निधी तथा बिश्वप्रकाश लगायतले देउवाको भोट बाडिने सम्भावना प्रवल देखिएको छ ।

साथै शेखर कोईराला पक्षका प्रकाशमान् सिंहले पनि शेखर कोईरालाको भोट बाड्ने सम्भावना देखिन्छ ।

उनलाई पार्टीको चुनावमा सभापतीसँगै प्रधानमन्त्रीपद पनि जाने होकी भन्ने त्रासले सताएको देखिन्छ ।

देउवालाई प्रधानमन्त्री पदको चिन्ता

प्रकाशित मिति:December 12, 2021