भीम रावललाई स्थायी कमिटीमा ल्याउन योगेश भट्टराईको माग

  Sampatti News

December 12, 2021

भीम रावललाई स्थायी कमिटीमा ल्याउन योगेश भट्टराईको माग

काठमाडौं-भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न नेकपा एमालेका सचिव योगेश भट्टराईले माग गरेका छन् ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् ।

बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेका थिए ।

त्यसमा अध्यक्षमा पराजित भीम रावलको नाम उल्लेख नभएको देखेपछी सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन्।

सचिव भट्टराईले नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन आग्रह समेत गरेका छन् ।

भीम रावललाई स्थायी कमिटीमा ल्याउन योगेश भट्टराईको माग

प्रकाशित मिति:December 12, 2021