नेप्से परिसूचक उच्च अंकले घट्यो

  Sampatti News

December 12, 2021

नेप्से परिसूचक उच्च अंकले घट्यो

काठमाडौं-आइतबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ ।

साताको पहिलो दिन नेप्से परिसूचक ८८.७० अंकले घटेर २३ सय ६१.७० को बिन्दुमा झरेको छ ।

नेप्से परिसूचक केही महिना अघि ३ हजार २ सय माथि पुगेको थियो ।

पछिल्लो मौद्रिक नीति समिक्षामा राष्ट्रबैकले शेयर धितो कर्जामा कडाई गरेसँगै शेयर बजार लगातार घटेको हो ।

केहि महिना देखि लगातार घटेर शेयर बजार आइतबार २ हजार ३ सय ६१ दशमलव २७ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव १५ अंकमा झरेको छ ।

कारोबार रकममा पनि आइतबार उत्साह देखिएन ।

दिनभर भएका ५१ हजार ८ सय ४४ कारोबारबाट २२८ कम्पनीका ७४ लाख ६० हजार ८ सय ७४ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५ सय २० रुपैयाँ भएको छ ।

आइतबार ब्यापार र विकास बैंकका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

व्यापार समूहको उपसूचक ७ प्रतिशतले घटेको छ भने विकास बैंकको पनि ६ प्रतिशत भन्दा धेरैले घटेको छ ।

नेप्से परिसूचक उच्च अंकले घट्यो

प्रकाशित मिति:December 12, 2021