दोस्रो चरणको निर्वाचनमा सिंहको समर्थन देउवालाई

  Sampatti News

December 14, 2021

दोस्रो चरणको निर्वाचनमा सिंहको समर्थन देउवालाई

काठमाडौं-पहिलो चरणको मतदानबाट कांग्रेसको नेतृत्व टुङ्गो नलागेपछी सभापतिका लागी दोस्रो चरणको चुनाब हुने भएको छ ।

दोस्रो चरणको चुनाबको तयारी चलिरहदा दोस्रो चरणका चुनाबका प्रतिस्पर्धी शेखर कोईराला र शेर बहादुर देउवा आफ्नो पक्षमा बढीमत जुटाउन अग्रसर देखिएका छन् ।

यसैबिच पहिलो चरणको चुनाबमा सभापतिमा उठेका प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् ।

पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।

देउवासँगको भेटवार्तापछि सिंहले उक्तकुरा बताएका हुन् ।

आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्‍याउनुपर्ने देखिएको उनको भनाइ थियो ।

देउवाले विधान संशोधनको कुरा, पार्टीमा भइरहेको कमी कमजोरीलाई समाधान गर्दा सबैसँग सल्लाह गर्छु एकपटक मलाई सहयोग गर्नुहोस् भनेर भनेसँगै सिंहले देउवालाई सहयोग गर्ने भएका हुन् ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।

पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए ।

३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह,२५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा सिंहको समर्थन देउवालाई

प्रकाशित मिति:December 14, 2021