सुन्दर कँडेल सिद्धार्थ बैंकको सीईओमा नियुक्त

सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार
image

सुन्दर कँडेल सिद्धार्थ बैंकको सीईओमा नियुक्त

काठमाडौँ-सिद्धार्थ बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दरप्रसाद कँडेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकका कामु सीईओ कँडेललाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो

कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार कामु सीईओ कँडेललाई नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिईएको हो ।

सिद्धार्थ बैंकका पुर्व सिईओ शम्भुनाथ गौतमको गएको श्रावण २५ गते कार्यकाल सकिएपछी श्रावण २६ गते सुन्दरप्रसाद कँडेललाई कामु सीईओको जिम्मेवारी दिईएको थियो ।

सुन्दर कँडेल सिद्धार्थ बैंकको सीईओमा नियुक्त