पोखरेलको अध्यक्षतामा स्वास्थ्य विभागीय कार्य समिति गठन

Nepal Cover
४ माघ २०७८, मंगलवार
image

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट स्वास्थ्य विभागीय कार्य समिति गठन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निजामती कर्मचारी संगठन स्वास्थ्य विभागीय कार्यसमितीको भेला तथा पुर्नगठन कार्यक्रमले आज स्वास्थ्य विभागीय कार्य समिति गठन गरेको हो ।

माननिय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङको प्रमुख आथित्यमा बसेको बैठकले स्वास्थ्य विभागीय कार्य समिति गठन गरेको कार्य समिति सदस्य हिमांशु कुमार मिश्रले जानकारी दिएका छन् ।

राज कुमार पोखरेलको अध्यक्षताम २७ सदसिय कार्य समिति गठन गरिएको कार्य समिति सदस्य मिश्रले सम्पति न्युजलाई जानकारी दिएका छन् ।

स्वास्थ्य विभागीय कार्यसमितिको अध्यक्षमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत राज कुमार पोखरेल, उपाध्यक्ष महिला तर्फ विर अस्पतालमा कार्यरत चित्रा कुमारी तिवारी, अर्का उपाध्यक्ष कान्ति बाल अस्पतालमा कार्यरत धन बहादुर सुनार, सचिवमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत सरोज अधिकारी, सहसचिवमा विर अस्पतालमा कार्यरत कृष्ण प्रसाद घिमिरे, कोषध्यक्षमा स्वास्थ्य तथा जनसंस्या मन्त्रालयमा कार्यरत राम प्रसाद जैसी रहेका छन् ।

बैठकले पदाधिकारी बाहेक अन्य २१ जना सदस्य समेत मनोनयन गरेको छ ।

कार्यक्रममा भोलानाथ पोखरेल,मोहन घिमिरे लगायतका निजामती कर्मचारी नेताको उपस्थिती रहेको थियो ।