काठमाडौँका सिडिओसहित १८ कर्मचारीलाई कोरोना: सेवा प्रभावित

Nepal Cover
५ माघ २०७८, बुधबार
image

काठमाडौँका सिडिओसहित १८ कर्मचारीलाई कोरोना: सेवा प्रभावित

काठमाडौँ-काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड सङ्क्रमण भएको छ ।

कर्मचारीलाई सङ्क्रमण भएसँगै जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज बुधबारबाटै लागू हुने गरी सेवा सङ्कुचन गरेको छ ।

नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

कार्यलयका १८ जनालाई कोभिड पुष्टि भइसकेको उनले बताएका छन् ।

थप १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण गरिएको उनले बताएका छन् ।

कोरोनालाई मध्यनजर गर्दै सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेको प्रशासनले बताएको छ ।

काठमाडौँका सिडिओसहित १८ कर्मचारीलाई कोरोना: सेवा प्रभावित