श्रम सम्झौतापछि पहिलो पटक इजरायल उड्दै नेपाली कामदार

  Sampatti News

January 19, 2022

श्रम सम्झौतापछि पहिलो पटक इजरायल उड्दै नेपाली कामदार

काठमाडौं-आज ९९ जना नेपाली कामदार इजरायल उड्ने भएका छन् ।

इजरायलसँग श्रम सम्झौतापछिको यो पहिलो उडान हो ।

बुधबार राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

पहिलो उडानस्वरुप बुधबार राति उडान हुन लागेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताएका छन् ।

उनका अनुसार जनवरीको २९ र फेबु्रअरी १ तारिक दिन दुई उडान हुनेछ ।

दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् ।

माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागले जनाएको छ ।

सम्झौताको २५ हप्तामा नेपाली कामदारलाई इजरायल उड्ने टुंगो लागेको हो

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ ।

विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो ।

त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जनाइएको छ ।

श्रम सम्झौतापछि पहिलो पटक इजरायल उड्दै नेपाली कामदार

प्रकाशित मिति:January 19, 2022