न्याय सेवाका १५ उपसचिवले न्याय खोज्न कहाँ जाने ?

  Sampatti News

January 20, 2022

न्याय सेवाका १५ उपसचिवले न्याय खोज्न कहाँ जाने ?

काठमाडौ-लोकसेवा आयोगले लिएको परीक्षामा पुस २ गते उपसचिवमा पास भएका न्याय सेवाका कर्मचारीहरुले पास भएको महिना दिन वित्दा पनि नियुक्ति पाएका छैनन् ।

सर्वसाधारणले न्याय पाएनन् भने अदालत जान्छन् । तर तिनै कर्मचारीको सेवाबाट न्यायका निम्ति विभिन्न मापदण्ड पूरा गरेर न्याय लिईरहेकै छन् । तर तिनै न्याय दिने ठाउका जिम्मेवारी प्राप्त कर्मचारी आफैँ न्यायका निम्ति कहाँ जाने दोधारमा परेका छन् ।

लोकसेवा आयोगले पुस २ गते नै न्याय, कानुन र सरकारी वकिल समूहका १५ उपसचिव पास भएको भन्दै नियुक्तिसँगै जिम्मेवारीका निम्ति कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा न्यायपरिषदमा सिफारिसको लागि पठाएको थियो तर मन्त्रालयले एक महिना वितिसक्दा पनि १५ जना उपसचिवहरुले अझै जिम्मेवारी पाउन सकेका छैनन् ।

त्यसैगरी खुल्लातर्फका २ जनाको हालत समेत त्यस्तै भएकोले न्याय सेवाका उपसचिवहरु यतिबेला तनावमा रहेका छन् ।

मन्त्रालयले भने बारको आन्दोलन देखाएर बढुवा भएका उपसचिवलाई जिम्मेवारी नदिएको जनाएको छ ।

बारको आन्दोलन मुख्यरुपमा प्रधानन्यायाधिस बिरुद्ध रहेको छ । बारले जस्को बिरुद्ध आन्दोलन गरेको हो त्यही ब्यक्तीलाई कुनै फरक नपरेको अबस्थामा यि १५ जना उपसचिवहरुलाई जिम्मेवारी दिन त्यो आन्दोलन कसरी बाधक भयो सबै छक्क परेका छन् ।

त्यसोत, नयाँ जिम्मेवारी नपाउँदा बढुवा भएका उपसचिवहरु पुरानै जिम्मेवारी बहन गरिरहने कि नयाँ जिम्मेवारी लिएर काम गर्ने भन्ने दोधारमा परेका छन् ।

न्याय सेवाका १५ उपसचिवले न्याय खोज्न कहाँ जाने ?

प्रकाशित मिति:January 20, 2022