त्रिविका सम्पुर्ण परीक्षा स्थगित

  Sampatti News

January 20, 2022

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका सम्पुर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

त्रिविले एक सुचना जारी गर्दै सोमबारबाट हुने परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा पुर्नविचार गर्न त्रिवि उपकुलपतीलाई निर्देशन दिएका थिए ।

निर्देशन लगतै डीनसंग भएको बैठकमा परीक्षा स्थगित गर्ने निर्णय भएको सुचना मार्फत जानकारी गराईएको छ ।

प्रकाशित मिति:January 20, 2022