पाटन अस्पतालको निर्देशकको जिम्मेवारीमा डा. युवराज शर्मा

  Sampatti News

January 21, 2022

पाटन अस्पतालको निर्देशकको जिम्मेवारीमा डा. युवराज शर्मा

काठमाडौँ-डा.युवराज शर्मालाई पाटन अस्पतालको निर्देशकको जिम्मेवारी दिईएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. शर्मालाई निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाटन अस्पताल डा. रवि शाक्य निर्देशकको रुपमा कार्यरत रहेकामा उनको स्वास्थ्यमा समस्या देखिएको तथा सेवा अवधि सकिन लागेकोले शर्मालाई जिम्मेवारी दिइएको जनाइएको छ ।

डा.युवराज शर्माले पाटन अस्पतालको मेडिकल विभाग प्रमुख तथा कोरोना फोकल पर्सनको जिम्मेवारी पुरा गर्दै आएका थिए ।

प्रतिष्ठानले निर्देशक तोकेको पत्र डा.शर्माले आज बुझेका छन् ।

पाटन अस्पतालको निर्देशकको जिम्मेवारीमा डा. युवराज शर्मा

प्रकाशित मिति:January 21, 2022