साताको दुई पटक एन्टिजेन परीक्षण अनिवार्य

  Sampatti News

January 21, 2022

साताको दुई पटक एन्टिजेन परीक्षण अनिवार्य

काठमाडौं-सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने सम्पुर्ण कर्मचारीले सातामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने बाध्यकारी नियम लागु गरेकाे छ ।

सरकारले लागु गरेकाे उक्त नियमले सरकार तथा निजी दुबै क्षेत्रमा अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीमा लागु हुने जनाएकाे छ ।

सरकारले लागु गरेकाे उक्त नियम काठमाडौं उपत्यकामा लागु हुने भएको हाे ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागु हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने’ भनिएको छ ।

योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

साताको दुई पटक एन्टिजेन परीक्षण अनिवार्य

प्रकाशित मिति:January 21, 2022