खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक

  Sampatti News

January 21, 2022

खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक

काठमाडौँ-सरकारले खाडी राष्ट्र र मलेसिया भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको छ ।

गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको हाे ।

गृह मन्त्रालयले कोरोना सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र मलेसियामा गएकाहरू बिचल्लीमा पर्ने गरेको गुनासो र समाचार आएपछि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको बताएकाे छ ।

अर्को आदेश जारी नहुन्जेलसम्मको लागि माग १० गते देखि भिजिट भिसामा भ्रमणमा जान राेक लाग्ने गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति:January 21, 2022