यातायात व्यवस्था कार्यालयको सेवाहरू स्थगित

  Sampatti News

January 22, 2022

यातायात व्यवस्था कार्यालयको सेवाहरू स्थगित

काठमाडौँ-यातायात व्यवस्था कार्यालयले आफ्ना सेवाहरू स्थगित गरेको जानकारी दिएको छ ।

कोरोना महामारीको तेस्रो लहरका कारण कर्मचारीमा कोरोना सङ्क्रमण देखिइसँगै सेवा स्थगित गरिएको हो ।

अर्को सूचना जारी नभएसम्म चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, पुनः प्रयोगात्मक परीक्षा र नवीकरणबाहेकका सेवा बन्द गरेको कार्यालय प्रवक्ता सुनिता भट्टराईले जानकारी दिएकी छिन्।

स्थगित नगरिएका सेवाहरुकालागी कार्यालयले दैनिक एक सय वटा टोकनको व्यवस्था गर्ने बताईएको छ ।

यातायात व्यवस्था कार्यालयको सेवाहरू स्थगित

प्रकाशित मिति:January 22, 2022