मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति महामन्त्री शर्माको आपत्ति

  Sampatti News

January 22, 2022

काठमाडौँ-काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने महाममन्त्री शर्माले बताएका हुन् ।

कोरोना संक्रमणसँगै आइसोलेसनमै रहेका उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका हुन् ।

उनले मन्त्री यादवको विवादित अभिव्यक्तिका बारेमा तीन विकल्प दिएका छन् ।

मन्त्री यादवले भूल स्वीकार गरी क्षमायाचना गर्नुपर्ने, सम्बन्धित दलले पहलकदमी लिएर राजीनामा गराउनुपर्ने, अथवा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ ।

प्रकाशित मिति:January 22, 2022