प्रचण्ड पत्नी आईसीयूमा

  Sampatti News

January 23, 2022

प्रचण्ड पत्नी आईसीयूमा

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल आईसीयूमा भर्ना भएकी छिन् ।

सीता दाहाल लाई कोरोना संक्रमण पुष्टि भएसँगै मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ ।

पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी हुन् ।

कोरोना संक्रमणसँगै उनमा निमोनियासमेत देखिएपछी उनलाई आईसीयूमा भर्ना गरेर उपचार गरिएको हो ।

अहिले उनको स्वास्थ्य स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

सीता दाहाल एक जटिल प्रकारको मनोबैज्ञानिक तथा मानसिक रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित छिन् ।

प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी राेगले बिस्तारै मस्तिष्कमा क्षय गर्दै जान्छ र शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततः विस्मृति हुने जस्ता समस्या देखिन्छन्।

हाल उपलब्ध उपचारपद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ । मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ ।

हाल सम्म याे राेग निकाे पार्ने औषधि कुनै बैज्ञानिकले बनाउन सकेका छैनन् ।

प्रचण्ड पत्नी आईसीयूमा

प्रकाशित मिति:January 23, 2022