नेप्सेमा सय अंकको गिरावट

सम्पत्ती न्यूज
१० माघ २०७८, सोमबार
image

नेप्सेमा सय अंकको गिरावट

काठमाडौँ-साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०० अंक घटेर बन्द भएको छ ।

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से, यस दिन ३.४२ प्रतिशत घटेको हो।

यस दिन नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झरेको छ ।

यो केही महिना यताकै उच्च गिरावट हो ।

यस दिन कुल कारोबार भएका २२८ कम्पनीमध्ये जम्मा ८ कम्पनीको शेयरमूल्य बढेको छ।

जसमध्ये विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो ।

विन नेपाल लघुवित्त, नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिएपश्चात बनेको कम्पनी हो ।

यी दुई लघुवित्तले गत कात्तिक १५ गतेदेखि एकिकृत कारोबार शुरु गरेका थिए ।

मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर गत सातामात्र फुकुवा भएको थियो ।

त्यसैगरी, बुद्धभुमि नेपालको शेयर पनि गत साता मात्र नेप्सेमा सूचीकृत भइ कारोबारमा आएको कम्पनी हो।

साथै यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १८ दशमलब २० अंकले घट्दै ५२५ दशमलब ९० विन्दुमा झरेको छ ।

आज सबै उपसूचक ऋणात्मक हुँदा सेयर बजार नै राताम्मे भएको छ ।

यद्यपि, एक सय अंक माथिले नेप्से घट्दै गर्दा आज कारोबार भने झण्डै ९ अर्ब हाराहारीको भएको छ ।

नेप्सेका अनुसार यस दिन बजारमा कुल ८ अर्ब ८८ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको छ ।

गत आइतबार १० अंकले घटेको बजारमा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ ।

कम्पनीको यस दिन ३८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यसैगरी, यस दिन एनआईसी एशिया बैंकको ३६ करोडभन्दा बढी र अरुण भ्याली हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्सेमा सय अंकको गिरावट