भोली देसभर राष्ट्रिय सभा सदस्यको निर्वाचन

Nepal Cover
११ माघ २०७८, मंगलवार
image

भोली देसभर राष्ट्रिय सभा सदस्यको निर्वाचन

काठमाडौँ-भोली बुधबार राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि निर्वाचन हुँदै छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी देसभर १४ वटा मतदान केन्द्र तोकेको छ ।

राष्ट्रिय सभाको १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागी मतदान हुनेछ ।

निर्वाचन आयोगले प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ ।

त्यस्तै आयोगले मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।

भोली देसभर राष्ट्रिय सभा सदस्यको निर्वाचन