स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगको विज्ञप्ति

  Sampatti News

January 25, 2022

स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगको विज्ञप्ति

काठमाडौं-स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गर्दै निर्वाचन आयोगले विज्ञप्ति जारी गरेको छ ।

स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकाले जनप्रतिनिधिको पदावधि सकिन लागेको भन्दै आयोगले आग्रह सहितको विज्ञप्ति जारी गरेको हो।

विज्ञप्ति मार्फत निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने बताएको छ ।

विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरिएको छ ।

आयोगले सरकारबाट निर्वाचनको मिति तोक्ने कार्यमा विलम्ब हुदा समयमा निर्वाचन गराउन आयोगलाई ब्यवहारिक तथा प्राविधिक रुपमा समेत जटिलता थपिदै जाने आयोगले बिज्ञप्ती मार्फत बताएको छ ।

आयोगले निर्वाचनको ब्यवस्थापनका लागी मतदाता नामावली सङ्कलन मतदान केन्द्रको पुनावरालोकन लगायतकाकार्य समेत गर्दै आएको जानकारी समेत गराएको छ ।

सरकारलाई निर्वाचनको सम्बन्धमा संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगको विज्ञप्ति

प्रकाशित मिति:January 25, 2022