सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक

  Sampatti News

January 26, 2022

काठमाडौँ-लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आन्तरिक प्रतिष्प्रर्धाका आधारमा गएको मंसिरमा सञ्चालन गरेको न्याय सेवा,सरकारी वकिल,कानुन,लेखापरीक्षण,प्रशासन समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

न्याय सेवा सरकारी वकिल समूहबाट ३९ जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये आयोगले अन्तर्वार्ताका लागि ८ जनाको छनौंट गरेको छ । अन्तर्वार्ताबाट ८ जना मध्यबाट १ जनाको छनोट गरिनेछ ।

यस्तै लेखापरीक्षण समूहबाट २ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षामा सम्मिलित १६ जनामध्येबाट ५ जना अन्तर्वार्ताका लागि छनौंट भएका आयोगले जनाएको छ ।

आयोगले प्रकाशन गरेको नतिजा अनुसार, प्रशासन सेवाबाट १० जनाका लागि विज्ञापन खुलाइदा लिखित परीक्षामा सम्मिलित २४८ जनामध्येबाट १४ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् ।

यस्तै कानुन सेवातर्फबाट १ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षामा सम्मिलित ३९ जनामध्येबाट ६ जना,न्याय सेवा सरकारी वकिल समूहबाट १ जना माग भएकोमा लिखित परीक्षामा सम्मिलित ३९ जनामध्येबाट अन्तर्वार्ताका लागि छनौंट भएका ८ जना र न्याय सेवा न्याय समूहतर्फबाट १ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षमा सम्मिलित ३९ जनामध्येबाट अन्तर्वार्ताका लागि ३ जना छनौंट भएको लोकसेवाले प्रकाशन गरिएको नतिजामा उल्लेख गरिएको छ ।

आयोगले विभिन्न सेवा समूहबाट गरी १६ जना सहसचिवका लागि विज्ञापन खोल्दा लिखित परीक्षामा सम्मिलित ४२० जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये अन्तर्वार्ताका लागि ४२ जना छनौट भएका छन् ।

प्रकाशित मिति:January 26, 2022