प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

Nepal Cover
१२ माघ २०७८, बुधबार
image

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते हुनुभएको छ ।

उहाँ सवार शुद्धोदन गाउँपालिकाको बा.२.झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु.१.प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो ।

उहाँको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते हुनुभएको छ ।

घाइते दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना