पुरातत्व विभागका एक कर्मचारी सेवाबाट निश्काशित

  Sampatti News

January 26, 2022

पुरातत्व विभागका एक कर्मचारी सेवाबाट निश्काशित

काठमाडौँ-पुरातत्व विभागले एक जना कर्मचारीलाई सेवाबाट निश्काशित गरेको छ ।

प्रदेश संग्रहालय पोखरामा कार्यरत एकजना कर्मचारीलाई विभागले सेवाबाट हटाएको हो ।

विभागले स्याङ्जा घर भएका खरिदार विशालबाबु डुम्रेलाई सेवाबाट निश्काशित गरेको हो ।

९० दिनसम्म लगातार कार्यालयमा अनुपस्थित भएको कसुरमा उनलाई सेवाबाट हटाउने निर्णय गरिएको विभागले जनाएको छ ।

उनले बिदा स्वीकृत समेत नगराई ९० दिनसम्म कार्यालयमा अनुपस्थित भएको कार्यालयले बताएको छ ।

यही माघ ९ गते भएको विभागीय निर्णयको सूचना सार्वजनिक गर्दै विभागले उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

पुरातत्व विभागका एक कर्मचारी सेवाबाट निश्काशित

प्रकाशित मिति:January 26, 2022