राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशको मतगणना सुरु

  Sampatti News

January 26, 2022

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशको मतगणना सुरु

राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको चुनावको मतगणना सुरु भएको छ ।

लुम्बिनी प्रदेशको चुनाव दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

१२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदातारहेको लुम्बिनी प्रदेशमा मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।

लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् ।

एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा उत्रेका छन् ।

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी प्रदेशको मतगणना सुरु

प्रकाशित मिति:January 26, 2022