प्रधानमन्त्री कार्यालय बन्यो सचिब गोदाम

  Sampatti News

January 26, 2022

प्रधानमन्त्री कार्यालय बन्यो सचिब गोदाम

काठमाडौं-नेपाली कर्मचारीतन्त्रमा बेथिती र विसंगती सामान्य भैसकेको छ । तिनै बेथिती र विसंगती भित्र अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जोडिन पुगेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिवसहित ५ जना सचिवको दरबन्दी रहेको छ ।

तर ५ जना सचिबको दरबन्दी रहेको कार्यालयमा त्यसको दोब्बर सचिब रहेका छन् भन्दा जो केही सर्वसाधारणलाई अच्चम लाग्ने गर्छ ।

तर यो यर्थाथ हो चाकडीको भरमा दरबन्दी थपेरै सचिवमा बढुवा हुने परिपाटीले यो अबस्था श्रृजना भएको हो ।

अहिले ५ जनाको दरबन्दी रहेको कार्यालयमा १० जना सचिव भएपछि सबैको जिम्मेवारी तय हुन सकेको छैन ।

जिम्मेवारी तय नहुदा ५ जना सचिब प्रधानमन्त्री कार्यलयमा थन्किएर बसेका छन् ।

प्रधानमन्त्री कार्यालयले चाकडीको भरमा दरबन्दी थपेरै भएपनी सचिब नियुक्त गर्दै लैजान थालेपछि प्रशासनिक वृत्तमा यो बेथितिबारे बहस सुरु भएको छ।

एकपछि अर्का सचिव प्रधानमन्त्री कार्यालयमा पुग्दा उक्त कार्यलय अहिले सचिबको गोदामको रुपमा चित्रण हुन थालेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानुनका एकसहित ५ सचिवको दरबन्दी थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि पुस २१ र ३० गते कार्यालयमा एक(एक जना सचिवको दरबन्दी थप गरियो ।

यो निर्णयपछि प्रधानमन्त्री कार्यालयमा सचिवको संख्या ७ पुग्यो।
त्यस पश्चात बिभिन्न क्षेत्रबाट सरुवा भएका अन्य सचिवलाई समेत गोदामको रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याउन तथा पठाउन थालियो ।

सचिव ल्याउँदै गोदाममा थन्क्याउँदै गर्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले सचिव संख्या १० पुगेको छ ।

५ जना सचिवको भूमिका स्पष्ट भए पनि अन्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कुनै काम छैन ।

हाल मुख्यसचिव शंकरदास बैरागीसहित शिशिरकुमार ढुंगाना, यामकुमारी खतिवडा, लक्ष्मण अर्याल, रमेशप्रसाद सिंह, रामप्रसाद थपलिया, सूर्यप्रसाद गौतम, धनराज ज्ञवाली, खगेन्द्रप्रसाद नेपाल (विशेष दरबन्दी) र मधुसुदन बुर्लाकोटी (अतिरिक्त) सचिव प्रधानमन्त्री कार्यालयमा छन्।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा लक्ष्मण अर्याल, डा. रमेशप्रसाद सिंह, रामप्रसाद थपलिया र सूर्यप्रसाद गौतमसहित विशेष र अतिरिक्त सचिव भनिएकाहरूको पनि जिम्मेवारी विहिन देखाईएको छ ।

कानुनतर्फ र स्वास्थ्यतर्फका सचिवलाई पनि कार्यालयमा राखेर मन्त्रालयका गतिविधिलाई प्रधानमन्त्री कार्यालयबाट हेर्न लगाइएको छ।

सचिव यामकुमारी खतिवडालाई महिला बालबालिका मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको हो। अहिले कार्यालयमा नै स्वास्थ्य हेर्ने जिम्मा खतिवडालाई दिइएको छ।

यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवबाट मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ। बुर्लाकोटीलाई कुनै जिम्मेवारी दिइएको छैन।

बिरामी अवस्थामा रहेका खगेन्द्र नेपालका लागि प्रशासनतर्फको अर्को विशेष पद सिर्जना गरिएको भए पनि उनी सेवानिवृत्त भएसँगै सो पद खारेज हुने बताइएको छ ।

विशेष दरबन्दीमा राखिएका सचिव नेपाललाई स्वास्थ्य मन्त्रालयमा पठाइएको थियो ।

त्यहाँ सचिवकै विषयलाई लिएर विवाद भएपछि उनलाई फेरि प्रधानमन्त्री कार्यालयमा तानियो।

सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुपारेर के गर्न खोजिएको हो अहिले सम्म कसैले त्यस्को भेउ पाएका छैनन् ।

प्रधानमन्त्री कार्यालय बन्यो सचिब गोदाम

प्रकाशित मिति:January 26, 2022