घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

  Sampatti News

February 3, 2022

घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

बारा-बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव नायब सुब्बा घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियारको टोलीले बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव ना.सु. विनोदप्रसाद साहलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो।

उनले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लिएको बताइएको छ।

उनलाई आयोगको हेटौंडा कार्यालयबाट खटिएका टोलीले उनको कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

प्रकाशित मिति:February 3, 2022