उपत्यका वरिपरीका डाँडामा हिमपात

  Sampatti News

February 4, 2022

काठमाडौं-काठमाडौं वरिपरीका पहाडमा हिमपात भएको छ ।

काठमाडौँ उपत्यका वरपर रहेका फुलचोकी, शिवपुरी, नार्गाजुन , चन्द्रागिरि लगायतका क्षेत्रमा हिमपात भएको हो ।

हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिए ।

यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता चन्द्रागिरिमा हिमपात भएको थियो ।

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ । अन्य धेरै स्थानमा वर्षा भएको छ ।

यो अवस्था आइतबारदेखि मात्रै सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:February 4, 2022