देउवा र ओली बिच भेटवार्ता हुदैँ

  Sampatti News

February 6, 2022

देउवा र ओली बिच भेटवार्ता हुदैँ

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता हुने भएकाे छ ।

एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा लगायतका बिषयमा छलफल गर्न देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेका हुन् ।

स्रोतकाअनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ ।

अपरान्ह ४ बजे बालुवाटारमा हुने छलफललाई अर्थपूर्ण मानिएको छ ।

ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक बालुवाटार जाँदैछन् ।

स्थानीय चुनावको मिति घोषणामा ढिलाइ भइरहेकोमा एमालेले संशय व्यक्त गरेको छ ।

जेठ ५ गतेअघिनै चुनाव सम्पन्न गर्नेगरी मिति तोक्न ओलीले दबाब दिने भएका छन् ।

देउवा र ओली बिच भेटवार्ता हुदैँ

प्रकाशित मिति:February 6, 2022