स्थानीय तहको निर्वाचन जेठ ४ मा: घोषणा भोलि

  Sampatti News

February 6, 2022

काठमाडौँ-भोलि (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्वाचन घोषणा हुने जानकारी दिएका हुन् ।

मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताउदै निर्वाचन तथा निर्वाचनको मिति घोषणाका बिषयमा ढुक्क हुन समेत आग्रह गरेका छन् ।

सरकारले निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिरहेको भन्दै अहिले आलोचना भइरहेका छ।

सोमबार मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गर्ने चुनाव गर्न निर्णय गरिने मन्त्री कार्कीले बताएका छन् ।

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिए ।

आयोगले सिफारिस गरेको एक साता भइसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आलटाल गर्न खोजेको हो कि भन्ने शङ्का उत्पन्न भएको थियो ।

प्रकाशित मिति:February 6, 2022