नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक जारी

  Sampatti News

April 21, 2022

काठमाडौं-निर्वाचन तयारीको बिषयमा छलफल गर्न आज नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक बसेको छ ।

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक शंखमुलस्थित एक पार्टी प्यालेसमा बैठक जारी रहेको समाचार स्रोतले जनाएको छ ।

एमालेले गत मंसिरमा अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गरेको थियो ।

एमालेमा उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिमा नरहेका नेताहरु सल्लाहकार परिषदमा छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने सल्लाहकार परिषद्को आजको बैठकमा स्थानीय तहको आगामी निर्वाचनको तयारीलगायतका विषयमा छलफल भएको छ।

एमालेले विभिन्न स्थानीय तहबाट सिफारिस भएर आएका प्रमुख र उपप्रमुखको छनोट तीव्र पारेको छ ।

अधिकांश स्थानीय तहबाट प्रमुख र उपप्रमुख पदका लागि सिफारिस भइसके पनि उम्मेदवार चयनको काम भने सम्पन्न भइसकेको छैन।

प्रकाशित मिति:April 21, 2022