भारतमा कोरोना संक्रमण दर तिब्र: सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

  Sampatti News

April 21, 2022

काठमाडौं-छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ ।

संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।’

मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति:April 21, 2022